Ezekiel 12:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म मेरो जाल फैलाउनेछु र त्यसलाई मेरो पासोमा पार्नेछु। त्यसपछि म त्यसलाई कल्दीहरूको देश बेबिलोनमा लैजानेछु र त्यसले त्यो देश देख्न नपाईकन मर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म आफ्नो जाल त्यसमाथि फिँजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ। म त्यसलाई कल्दीहरूको देश बेबिलोनियामा ल्याउनेछु, तर त्यसले त्यो देख्नेछैन, र त्यो त्यहीँ मर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसको निम्ति मेरो जाल फिँजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ; म त्यसलाई कल्दीहरूको देश, बेबिलोनमा ल्याउनेछु; अनि त्यसको मृत्यु त्यहीँ हुनेछ; तर त्यसले त्यो देश देख्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
उसले भाग्ने कोशिश गर्नेछ, तर म (परमेश्वरर) उसलाई समातिहाल्नेछु। ऊ मेरो जालमा फँस्नेछ अनि म उसलाई कल्दीहरूको देश बाबेलमा लिएर जानेछु। तर उसले यो देख्न सक्तैंन् त्यो त्यहाँ मर्नेछ।