Ezekiel 12:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका सल्‍लाहकारहरू, अङ्गरक्षकहरू र राजमहलका सबै भारदारहरूलाई चारै दिशामा छरपस्‍ट पारिदिनेछु र म तिनीहरूलाई तरवार लिएर खेद्‌नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका चारैतिर हुने त्‍यसका कर्मचारीहरू र त्‍यसका फौजलाई म हावामा तितरबितर पार्नेछु, र तरवार थुतेर तिनीहरूलाई खेद्‌नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसका चारैतिर हुनेहरूलाई हावामा तितरबितर पार्नेछु—त्यसका कर्मचारीहरू र त्यसका सबै सेनाहरूलाई—तिनीहरूलाई म नाङ्गो तरवारले खेद्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म राजाका मानिसहरूलाई बाध्य गर्नेछु कि तिनीहरू इस्राएलको चारै तिर विदेशमा बस्न। म उनको सेनालाई तितर-बितर पार्नेछु अनि शत्रुको सेना उनको पछि लाग्नेछ।