Ezekiel 12:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमध्‍येबाट थोरैलाई चाहिँ म लडाइँ, अनिकाल र रुढीबाट बचाउनेछु। अनि तिनीहरूले अन्‍यजातिहरूका माझमा आफूले गरेका कामहरू कति घिनलाग्‍दा रहेछन् भनी स्‍वीकार गर्नेछन् र म नै परमप्रभु हुँ भनी थाहा गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढ़ीबाट छोड़िदिनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जाति-जातिहरूका बीचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरू तिनीहरूले स्‍वीकार गरून्‌। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूमध्ये थोरैलाई म तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि आफू गएको ठाउँमा आफ्ना सबै घिनलाग्दा कामहरू तिनीहरूले स्वीकार गरून्। तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
“तर म कतिपय मानिसहरूलाई जीवित राख्नेछु। तिनीहरू रोग, अनिकाल र युद्धद्वारा मर्ने छैनन्। म तिनीहरूलाई यसकारण जीवित राख्नेछु कि तिनीहरू अन्य मानिसहरूसँग त्यो घिनलाग्दो कामको बारेमा भन्न नसकुन् जुन तिनीहरूले मेरो विरूद्ध गरे। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”