Ezekiel 12:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सम्‍पूर्ण जातिलाई बताइदिनू कि सार्वभौम परमप्रभुको यो सन्‍देश अझसम्‍म यरूशलेममा नै बसिरहने मानिसहरूको निम्‍ति हो। खाँदाखेरि तिनीहरू काम्‍नेछन् र पिउँदा डरले थरथर हुनेछन्। तिनीहरूको देश नाङ्गो पारिनेछ किनभने त्‍यहाँ बस्‍ने हरेकले हिंसा गरेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशका मानिसहरूलाई भन्‌: ‘यरूशलेम र इस्राएलको देशमा बस्‍नेहरूका बारे परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिनीहरूले आफ्‍नो भोजन डर मानेर खानेछन्, र नैराश्‍यमा तिनीहरूले आफ्‍नो पानी पिउनेछन्, किनकि त्‍यहाँ बस्‍नेहरूका उपद्रवको कारणले त्‍यसमा भएका सबै कुराहरूसमेत तिनीहरूको देश उजाड़ पारिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशका मानिसहरूलाई भन्: यरूशलेममा र इस्राएलमा बसोबास गर्ने मानिसहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिनीहरूले तिनीहरूका भोजन चिन्तासहित खानेछन् र तिनीहरूका पानी निराशामा पिउनेछन्; किनकि त्यहाँ बसोबास गर्नेहरू सबै मानिसहरूको हिंसाको कारण तिनीहरूको देशमा भएका सबै कुराहरू उजाड पारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीले यी साधारण जनतासित भन्नुपर्छ। तिमीले भन्नुपर्छ, ‘परमप्रभु हाम्रो मालिक यरूशलेमको बासिन्दाहरू अनि इस्राएलको अन्य भागका मानिसहरूसँग यसो भन्नुहुन्छ। मानिसहरू, तिमीहरूले खाना खाँदा अफसोसमा पार्नुपर्छ। तिमीहरू पानी पिउँदा साह्रै भयभीत हुनेछौ। किनकि त्यहाँ बसो-बास गर्नेहरूको हिंसाले गर्दा तिमीहरूको देशको सबै सामानहरू नष्ट हुनेछ।