Ezekiel 12:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, तँ विद्रोही मानिसहरूका बीचमा बस्‍दैछस्। तिनीहरूका आँखा छन् तर देख्‍दैनन्। तिनीहरूका कान छन् तर सुन्‍दैनन् किनभने तिनीहरू विद्रोही छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, तँ एउटा बागी घरानाको बीचमा बस्‍दैछस्, जसका हेर्ने आँखा त छन्‌ तर देख्‍दैनन्, जसका सुन्‍ने कान त छन्‌ तर सुन्‍दैनन्‌। किनभने तिनीहरू बागी मानिसहरू हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, तँ विद्रोही मानिसहरूका बीचमा बस्दैछस्। तिनीहरूका आँखाहरू त छन्, तर देख्दैनन्; तिनीहरूका कानहरू त छन्, तर सुन्दैनन्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैं मेरो विरूद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरें। तर तिनीहरूले त्यो देख्दैनन्। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भनें तिनीहरूले सुनेनन्। किन? किनकि ती विद्रोहीहरू हुन्।