Ezekiel 12:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसबारे म सार्वभौम परमप्रभुले के भन्‍दछु, त्‍यो तिनीहरूलाई सुनाइदे। म त्‍यस उखानको अन्‍त गर्नेछु। इस्राएलमा त्‍यो उखान फेरि कहिल्‍यै चलाइनेछैन। तिनीहरूलाई यसो भन्, ‘समय आइपुगेको छ, सबै अगमवाणीहरू पूरा हुनेछन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म यस उखानको अन्‍त गरिदिनेछु, र तिनीहरूले इस्राएलमा फेरि कहिल्‍यै यो उखान प्रयोग गर्नेछैनन्‌।’ तिनीहरूलाई भन्, ‘दिनहरू नजिकै छन्, जब हरेक दर्शन पूरा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म यस उखानको अन्त्य गरिदिनेछु, र तिनीहरूले अब उसो इस्राएलमा यो उखान भन्‍नेछैनन्।’ तिनीहरूलाई भन्, ‘ती दिनहरू नजिकै छन्, र सबै दर्शन पूरा हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“ती मानिसहरूसँग भन कि परमप्रभु तिनीहरूका मलिकले यो उखान पढन बन्द गरिदिनु हुन्छ। तिनीहरू इस्राएलको बारेमा यो कुरा कहिल्यै पनि भन्दैनन्। अब तिनीहरू यो उखान सुनाउँछन् विपत्ति चाढै आउँछ, दर्शन पूरा हुनेछ।