Ezekiel 12:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म, सार्वभौम परमप्रभु तिनीहरूसित बोल्‍नेछु र म जे भन्‍छु, त्‍यो पूरा हुनेछ। अब ढीलो हुनेछैन। ए विद्रोहीहरू हो, मैले जे चेतावनी दिएको छु, त्‍यो तिमीहरूकै जीवनकालमा पूरा गर्नेछु,” परमप्रभु यसरी भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले भन्‍ने कुरा म, परमप्रभु आफैले नै भन्‍नेछु, र त्‍यो ढिलो नभई पूरा हुनेछ। किनकि हे बागी घराना, तिमीहरूका दिनमा नै मैले भनेको कुरा म पूरा गर्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म याहवेहले नै बोल्नेछु। म जे भन्छु, त्यो पूरा हुनेछ, र मेरो वचन ढिलो नभई पूरा हुनेछ। किनकि हे विद्रोही मानिसहरू हो, तिमीहरूकै दिनहरूमा मैले जे भनेको छु, त्यो पूरा गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने म परमप्रभु हुँ। अनि म त्यही भन्छु, जुन मलाई भन्न मन लाग्छ! अनि त्यही घट्नेछ अनि म घटना काललाई लामो तान्न दिनेछैन। ती विपत्तिहरू चाडैं आउँदैछन् तिम्रो आफ्नो जीवनकाल मानै। विद्रोही मानिसहरू! जब म केही भन्छु त्यो पूरा गरेनै छाडछु।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।