Ezekiel 12:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब, ए मरणशील मानिस, एउटा देशनिकाला भएको मानिसले झैँ एउटा पोको तयार पार्‌ र रात पर्नुअघि यहाँबाट निस्‍कि जा। तँ निस्‍केर अर्को ठाउँतिर गएको सबैले देखून्। हुन सक्‍छ, ती विद्रोहीहरूले यसबाट केही बुझ्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण हे मानिसको छोरो, निर्वासित भएको व्‍यक्तिझैँ तेरो झिटीमिटी पोको पार्, र दिउँसै तिनीहरूका आँखाकै सामुन्‍ने तँ बसेको ठाउँबाट अर्को ठाउँमा गइहाल्‌। तिनीहरू बागी घराना भए तापनि शायद तिनीहरूले बुझ्‍लान्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण हे मानिसको छोरा, निर्वासनको निम्ति आफ्ना सरसामानहरू दिउँसो तयार पार्! मानिसहरूले हेरिरहेकै बेला बाहिर निस्की, र तँ जहाँ छस्, त्यहीँबाट अर्को ठाउँमा जा। यद्यपि तिनीहरू विद्रोही मानिसहरू हुन, तर पनि सायद तिनीहरूले केही बुझ्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण, हे मानिसको छोरो! आफ्नो समान तयार पार। यस्तो व्यावहार गर मानौ तिमी कुनै टाढो देशमा गइरहेकोछौ। यो यस्तो प्रकारले गर कि मानिसहरूले हेरेको हेरेकै छन सम्भव छ तिनीहरूले तिमीमाथि ध्यान दिनेछन्, तर ती मानिसहरू एकदमै विद्रोही हुन्।