Ezekiel 12:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभएअनुसार मैले गरें। त्यस दिन देशनिकाला भएको मानिसले झैँ मैले एउटा पोको बनाएँ र बेलुका अँध्यारो हुँदैगरेको बेलामा हातले भित्तामा एउटा प्वाल बनाएँ र बाहिर निस्कें। सबैले हेरिरहेका बेला मैले त्यो पोको काँधमा बोकें र हिंडें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मलाई आज्ञा गरेबमोजिम मैले गरें। निर्वासनको लागि मैले मेरो झिटीमिटी दिउँसो बाहिर पोको पारेर निकालें। अनि बेलुका आफ्नै हातले पर्खालमा प्वाल पारें, र साँझमा तिनीहरूले हेर्दाहेर्दै मैले मेरो झिटीमिटी काँधमा बोकेर गइहालें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मलाई आज्ञा दिइएअनुसार मैले गरेँ। दिउँसो मैले निर्वासनको निम्ति पोको पारेको आफ्ना सरसामानहरू निकालेँ। त्यसपछि बेलुकी मैले आफ्ना हातले भित्ता फोरेँ। मैले आफ्ना सामानहरू तिनीहरूले हेरिरहेकै बेला आफ्ना काँधमा बोकेर साँझपखमा निकालेँ।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण मैले आज्ञा गरे अनुसार गरे। दिउँसो मैले आफ्नो समान उठाएँ अनि यस्तो देखावटी गरे मानौ म कुनै टाढो देश जाँदैछु। त्यो साँझ मैले आफ्नो हातको उपयोग गरें अनि भित्तामा प्वाल बनाए। राती मैले आफ्नो समान काँधमा राखें अनि गएँ। मैले यो सब यसप्रकारले गरें कि सबैले मलाई देखोस्।