Ezekiel 13:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सबै कुरा ठीकै छन् भनी अगमवक्ताहरूले मेरा प्रजालाई गलत बाटोतिर लैजान्‍छन्। तर वास्‍तवमा सुख-शान्‍ति छँदैछैन! मेरा प्रजाले ढुङ्गाका कच्‍चा पर्खाल लाउँदछन्, त्‍यसपछि ती अगमवक्ताहरू आएर चुन पोत्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘शान्‍ति नहुँदा पनि “शान्‍ति” भनी तिनीहरूले मेरो प्रजालाई बरालेका छन्, र जब मानिसहरूले कच्‍चा पर्खाल बनाउँछन्‌ तब यिनीहरूले त्‍यसमा चून लाएर त्‍यो ढाक्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘किनकि तिनीहरूले मेरा मानिसहरूलाई शान्ति नै नहुँदासमेत, “तिमीहरूलाई शान्ति हुनेछ” भनेर बहकाएका छन्; अनि तिनीहरूले एउटा अति कमजोर पर्खाल बनाउँछन्, र त्यसलाई सेतो चून पोतेर छोप्छन्;
Nepali ERV (पवित्र बाइबल)
“ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तरह लेप लगाइरहेछन्।