Ezekiel 13:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले चुन पोतेका पर्खाल ध्‍वस्‍त पार्नेछु र जगमा लगाएका ढुङ्गाहरू उदाङ्गो पार्नेछु। त्‍यो भत्‍केर तिमीहरूलाई थिची मार्नेछ। तब म नै परमप्रभु हुँ भनी सबैले जान्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिमीहरूले चून पोतेको पर्खाल त्‍यसको जग देख्‍ने गरी भत्‍काएर म त्‍यसलाई भूइँसम्‍मै समतल गरी त्‍यो ढालिदिनेछु। त्‍यो भत्‍काउँदा तिमीहरू पनि त्‍यसको साथमा नष्‍ट हुनेछौ, र परमप्रभु म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूले सेतो चूनले पोतेको पर्खाललाई भताभुङ्ग पारिदिनेछु; अनि त्यसलाई जमिनमै मिलाइदिनेछु, ताकि त्यसको जगसमेत देखा परोस्। जब त्यो सहर ढल्नेछ, र तिमीहरू त्यसैमा नष्‍ट हुनेछौ; अनि म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमी पर्खालमा चुना लगाउँछौ। तर म पूरै पर्खाल नष्ट पारिदिनेछु। म त्यसलाई भत्काई दिनेछु। पर्खाल तिमीमाथि ढल्नेछ अनि तिमीले जान्नेछौ म नै परमप्रभु हुँ।