Ezekiel 13:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[15-16] “पर्खाल र त्यसमा चुन पोत्नेहरूमाथि म मेरो क्रोध खनाउनेछु। ती पर्खालहरूमा चुन पोत्ने इस्राएलका अगमवक्ताहरू, जसले सबै कुरा ठीक नहुँदा-नहुँदै पनि ठीकै छन् भनी यरूशलेमलाई विश्वास दिलाए, तिनीहरू पनि त्योसँगै नाश भएको कुरा म तिमीहरूलाई जनाउनेछु।” सार्वभौम परमप्रभुले यसो भन्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी म मेरो क्रोध त्यस पर्खालको विरुद्धमा र त्यो चूनले पोत्नेहरूका विरुद्धमा खन्याउनेछु। म तिमीहरूलाई भन्नेछु, “त्यो पर्खाल अब छैन, त्यसलाई चूनले पोत्नेहरू पनि छैनन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी म आफ्नो क्रोध त्यस पर्खालको विरुद्धमा र पर्खालमा त्यो चूनले पोत्नेहरूका विरुद्धमा पोखाउनेछु। म तिमीहरूलाई भन्नेछु, “त्यो पर्खाल अब छैन, र त्यसलाई सेतो चूनले पोत्नेहरू पनि छैनन्;
Nepali ERV (पवित्र बाइबल)
अब म पर्खालमाथि अनि मानिसहरूमाथि मेरो क्रोध छाडिदिनेछु जसले यसलाई लेप लगाए। तब तिमीलाई भन्नेछु, ‘अब कुनै पर्खाल रहेन र कुनै मजदूरले यसमाथि लेप लगाउनेछैन्।’