Ezekiel 13:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरूलाई सार्वभौम परमप्रभुका यी वचन भन्, “ए नारीहरू हो! तिमीहरू नाश भएर जानेछौ। अरू मानिसहरूका प्राण मुट्ठीमा लिन सक्नेछौ भनी सबैका नाडीमा तिमीहरूले जादूका बूटी बाँधिदियौ र शिरमा लाउन जादूका लुगाका टुक्राहरू बनाइदियौ। तिमीहरू मेरा प्रजाका जीवन-मरणमाथि आफ्नो शक्ति राख्न र तिनीहरूलाई आफ्नै लाभको निम्ति मात्र काममा लाउन चाहन्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: धिक्कार ती स्त्रीहरू, जसले आफ्ना नाड़ीहरूमा बूटी बाँधिदिन्छन् र मानिसहरूको प्राण पासोमा पार्न तिनीहरूका कदअनुसार शिर ढाक्ने घुम्टा बनाउँछन्। के तिमीहरू मानिसहरूको प्राण पासोमा पार्ने र आफ्नो प्राणलाई चाहिँ बचाइराख्ने र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: धिक्कार ती स्त्रीहरूलाई, जसले तिनीहरू सबैका नाडीहरूमा जादुका बुटी बाँधिदिन्छन्; अनि मानिसहरूलाई पासोमा पार्न तिनीहरूका शिरमा लगाउने विभिन्न प्रकारका लामा-लामा घुम्टाहरू बनाउँछन्। के तिमीहरू मेरा मानिसहरूको जीवनलाई पासोमा पारेर आफ्ना जीवनलाई जोगाइराख्छौ?”
Nepali ERV (पवित्र बाइबल)
‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ विपत तिमी स्त्रीहरूमाथि आइलाग्नेछ। तिमीहरूले प्रत्येक मानिसको पाखुराहरूमा जादूको पाटा सिलाइ दिन्छौ। तिमीले मानिसको शिरमा बाँध्न “फेटा” बनाउँछौ। तिमीहरू भन्छौ कि ती चीजहरूमा मानिसहरूको जीवन नियन्त्रण गर्ने तन्त्र-मन्त्रको शक्ति छ। के तिमी सोच्छौ कि तिमीहरू आफ्नो आत्माहरू जीवित राख्न र मेरो मानिसहरूका आत्माहरूलाई मार्नु सक्छौ।