Ezekiel 13:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक-दुई मुट्ठी जौ र एक-दुई टुक्रा रोटी हात पार्न तिमीहरू मेरा प्रजाका सामुन्‍ने मेरो अनादर गर्छौ। मर्नुनपर्ने मानिसलाई तिमीहरू मार्छौ र मर्नुपर्ने मानिसलाई बचाउँछौ। यसरी तिमीहरू मेरा प्रजालाई झूटो कुरा भन्‍दछौ र तिनीहरूले तिमीहरूलाई विश्‍वास गर्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्‍ति मेरो प्रजाको बीचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ। र झूटा कुरा सुन्‍ने मेरो प्रजालाई झूट बोलेर मर्नु नपर्ने मानिसहरूलाई तिमीहरूले मार्‍यौ, र बाँच्‍नु नपर्नेहरूलाई चाहिँ तिमीहरूले बचाइराख्‍यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले एक मुट्ठी जौ र रोटीका टुक्राहरूको निम्ति मलाई मेरा मानिसहरूका बीचमा अनादर गरेका छौ। झूटो सुन्‍न मन पराउने मेरा मानिसहरूलाई झूटो बोलेर तिमीहरूले ती मर्नुनपर्ने मानिसहरूलाई मारेका छौ, र मर्नुपर्नेहरूलाई चाहिँ जीवित छोडेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमी नै एकजना हौ जसले मानिसहरूलाई म महत्वहीन हुँ भनी सोच्न लगाउँछौ। तिमीहरू एक मुठी जौ र रोटीको केही टुक्राको लागि तिनीहरूलाई मेरो विरूद्धमा हिडाउँछौ। तिमीहरू मेरो मानिसहरूसँग झूटो बोल्छौ। तिनीहरू झूटो सुन्न मन पराउँछन्। तिमीहरू ती मानिसलाई मार्छौ जसलाई जीवित रहन्छ अनि तिमीहरू त्यस्ता मानिसहरूलाई जीवित राख्न चाहन्छों जसलाई मार्नु जरूरी छ।