Ezekiel 13:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, इस्राएलका ती अगमवक्ताहरूको विरुद्धमा बोल्, जसले आफ्नै कल्पनाबाट अगमवाणी बोल्दछन्। तिनीहरूलाई परमप्रभुको वचन सुन भन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, अहिले अगमवाणी कहिरहने इस्राएलका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी भन्। आफ्नै कल्पनाको अगमवाणी कहनेहरूलाई भन्, ‘परमप्रभुको वचन सुन!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, अहिले अगमवाणी गरिरहेका इस्राएलका अगमवक्ताहरूको विरुद्धमा अगमवाणी गर्। आफ्नै कल्पनाबाट अगमवाणी गर्नेहरूलाई भन्: ‘याहवेहको वचन सुन!’
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, तिमीले इस्राएलको अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूले वास्तवमा मेरो निम्ति कुरा गरेकोछैन्। ती अगमवक्ताहरू त्यही भन्छन जुन उनीहरूले भन्न खोज्दैछन्। यसकारण तिमीले उसँग कुरा गर्नु पर्छ। उसँग यो कुरा भन, ‘परमप्रभुबाट प्राप्त भएको यो वचन सुन!