Ezekiel 13:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु अब यसो भन्नुहुन्छ, “मानिसका जीवन र प्राण आफ्नो वशमा लिने चेष्टामा तिमीहरूले प्रयोग गरेका नाडीका बूटीहरू म घृणा गर्दछु। म ती बूटी तिमीहरूका नाडीबाट चुँडाइदिनेछु र तिमीहरूले वशमा राखेका मानिसहरूलाई छुटकारा दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म तिमीहरूका जादूका बूटीहरूका विरुद्धमा छु, जसद्वारा तिमीहरू मानिसहरूलाई चरालाई झैँ पासोमा पार्छौ। म तिमीहरूका हातदेखि ती खोस्नेछु। तिमीहरूले चरालाई झैँ पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म तिमीहरूका जादुका बुटीहरूको विरुद्धमा छु, जसको कारण तिमीहरूले मानिसहरूलाई चराहरूलाई झैँ पासोमा पार्छौ, र म ती बुटीहरू तिमीहरूका नाडीबाट चुँडाइदिनेछु; तिमीहरूले चराहरूलाई झैँ पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरो मालिक तिमीहरूसित यसो भन्नुहुन्छ ‘म ती जादूका बूटीहरूको विरूद्धमा छु जो मानिसहरूलाई फँसाउँन तिमी प्रयोग गर्छौ, तर म तिनीहरूलाई स्वतन्त्र पार्नेछु। म ती बूटीहरू तिनीहरूका पाखुराबाट चुडाइदिनेछु अनि तिमीहरूलाई मुक्त गराइदिनेछ। तिनीहरू जालबाट मुक्त गरिएका पक्षीहरू जस्तै हुनेछन्।