Ezekiel 13:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ती असल मानिसहरू, जसलाई म दु:ख दिन चाहन्नँ, तिनलाई तिमीहरू झूटा कुरा भनी हताश बनाउँछौ। दुष्ट मानिसहरूलाई दुष्कर्महरू छोडी आफ्ना प्राण बचाउन तिमीहरू रोक्दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले झूट बोलेर धर्मीहरूलाई निराश तुल्यायौ, जसलाई मैले शोकित तुल्याइनँ, र आफ्नो चाल त्यागी दुष्टले आफ्नो प्राण बचाउला कि भनेर तिमीहरूले दुष्टलाई आफ्नो खराब चाल नत्याग्नलाई उत्साह दियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मैले तिनीहरूमाथि शोक नल्याए तापनि तिमीहरूले धर्मी मानिसहरूलाई निराश पारिदिएका छौ; किनकि तिमीहरूले दुष्टहरूलाई आफ्ना दुष्ट चालहरूबाट नफर्कोस् भनेर उत्साह दिन्छौ र तिनीहरूका प्राण बचाउँछौ।
Nepali ERV (पवित्र बाइबल)
“‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दुख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दुख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बदलि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ।