Ezekiel 13:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब, तिमीहरूका झूटा दर्शनहरू र भर्माउने अगमवाणीहरू बन्द हुनेछन्। तिमीहरूका अधीनबाट म आफ्ना प्रजालाई उद्धार गर्नेछु र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण तिमीहरूले अब फेरि कहिल्यै असत्य दर्शन देख्नेछैनौ अथवा जोखना हेर्नेछैनौ। म मेरो प्रजालाई तिमीहरूका हातदेखि बचाउनेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब फेरि तिमीहरूले कहिल्यै पनि झूटो दर्शन देख्नेछैनौ, न त जोखना हेर्नेछौ। म आफ्ना मानिसहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिमीले अब भविष्यमा व्यर्थको दर्शनहरू देख्ने छैनौ। तिमीले भविष्यमा जादू गर्ने छैनौ। म मेरो मानिसलाई तिमीहरूको शक्तिदेखि बचाउँने छु अनि तिमीहरूले थाह पाउनेछौ। म नै परमप्रभु हुँ।”‘