Ezekiel 13:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “यी मूर्ख अगमवक्ताहरू नाश भएर जानेछन्! केही दर्शन नदेखी तिनीहरू आफ्नै प्रेरणामा बोल्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मूर्ख अगमवक्ताहरूलाई धिक्कार, जो केही दर्शन नदेखेर पनि आफ्ना आत्माको कुराको पछि लाग्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह यसो भन्नुहुन्छ: धिक्कार ती मूर्ख अगमवक्ताहरूलाई, जसले आफ्नै आत्माका कुराहरू गर्छन् र केही पनि देखेका छैनन्!”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक यो वचन दिनुहुन्छ। मूर्ख अगमवक्ताहरू! तिमीहरूमाथि आपत आई लाग्ने छ। तिमीहरू आफ्नो आत्माको अनुसरण गरि रहेका छौ। तिमीहरूसँग त्यो भनेका छैनन् जुन तिमीले साँच्चै दर्शनहरूमा देख्छौ।