Ezekiel 13:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पर्खाल भत्‍केका ठाउँहरूको रक्षा गर्दैनन् न त तिनीहरूको मरमत गर्छन्। यसकारण परमप्रभुको दिनमा लडाइँ आउँदा इस्राएलका मानिसहरू दह्रो भएर उभिन सक्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको दिनमा युद्धमा त्‍यो स्‍थिर रहोस्‌ भनी तिमीहरू इस्राएलका घरानाको निम्‍ति पर्खालका चर्केका ठाउँहरू मरम्‍मत गर्न पनि तिमीहरू गएनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू इस्राएलका मानिसहरूका भत्केका पर्खाल मर्मत गर्न धाँदोहरूमा गएनौ, न त याहवेहको दिनको लडाइँमा खडा रहन सकियोस् भनी बार बनायौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले शहरको भत्केको पर्खालको नजिक सैनिकहरू बस्न दिएनौ। तिमीहरूले इस्राएलको परिवारको रक्षाको निम्ति पर्खालहरू बनाएनौ। यसकारण परमप्रभुको निम्ति जब तिमीहरूलाई दण्ड दिने समय आउँछ त्यतिबेला तिमीहरू युद्धमा हार्नेछौ।