Ezekiel 13:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका दर्शनहरू झूटा छन्, तिनीहरूका अगमवाणीहरू झूटा छन्। मेरो सन्‍देश सुनाउँदै छन् भनी तिनीहरूले दाबी त गर्छन् तर मैले तिनीहरूलाई पठाएको होइनँ। तापनि हाम्रा अगमवाणी पूरा होलान् कि भनी तिनीहरूले आशा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका दर्शन असत्‍य छन्‌ र तिनीहरूका जोखना झूटा हुन्‌। तिनीहरू भन्‍छन्, “परमप्रभु भन्‍नुहुन्‍छ,” तर परमप्रभुले तिनीहरूलाई पठाउनुभएकै होइन। तापनि तिनीहरूको वचन पूरा गरिओस्‌ भनी तिनीहरू आशा गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका दर्शनहरू झूटा र तिनीहरूका जोखनाहरू छल हुन्। यद्यपि याहवेहले तिनीहरूलाई पठाउनुभएकै होइन, तर पनि तिनीहरू भन्छन्, “याहवेह घोषणा गर्नुहुन्छ;” अनि तिनीहरूका वचन उहाँले पूरा गर्नुभएको होस् भनी तिनीहरू आशा गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
“‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घटनाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँचो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्।