Ezekiel 13:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूलाई यसो भन्छु, ‘तिमीहरूले देखिटोपलेका दर्शनहरू झूटा हुन् र सुनाएका अगमवाणीहरू असत्य हुन्। ती मेरा वचनहरू हुन् भनी तिमीहरू भन्दछौ तर म तिमीहरूसित बोलेको पनि छैनँ’!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले नभने तापनि जब तिमीहरू “परमप्रभु भन्नुहुन्छ” भनी भन्दछौ, तब के तिमीहरूले असत्य दर्शन देखेका र झूटा जोखना हेरेका होइनौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले नबोले तापनि “याहवेह घोषणा गर्नुहुन्छ,” भनेर तिमीहरूले भन्दछौ, तब के तिमीहरूले झूटो दर्शन देखेका र झूटो जोखना उच्चारण गरेका होइनौ र?
Nepali ERV (पवित्र बाइबल)
“‘झूटा अगमवक्ताहरू! जुन दर्शन तिमीहरूले देख्यौ, त्यो सत्य थिएन। तिमीले आफै जादू गर्यौ अनि भन्यौ केही घट्ने वाला छ तर तिमीले मानिसहरूसँग झूटो भन्यौ। तिमी भन्छौ यो परमप्रभुको कथन हो, तर मैले तिमीहरूसँग कुरै गरिन।”‘