Ezekiel 13:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी झूटा दर्शन देख्‍नेहरू र भर्माउने अगमवाणी कहनेहरूलाई मैले दण्‍ड दिन लागेको छु। जब मेरा प्रजा निर्णय लिन जम्‍मा हुनेछन्, त्‍यस बेला तिमीहरू रहनेछैनौ। इस्राएलका नागरिकताको सूचीमा तिमीहरूका नाम लेखिनेछैन। तिमीहरू आफ्‍ना देशमा कहिले फर्कनेछैनौ। तब म नै सार्वभौम परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्‍य दर्शनहरू देख्‍छन्‌ र झूटा जोखनाहरू कहन्‍छन्‌। तिनीहरू मेरो प्रजाको सभामा हुनेछैनन्, अथवा तिनीहरूका नाउँ इस्राएलका घरानाको सूचीमा लेखिनेछैनन्, न त तिनीहरू इस्राएलको देशमा पस्‍न पाउनेछन्‌। तब परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो हात झूटो दर्शन देख्ने र झूटो जोखना बताउने अगमवक्ताहरूको विरुद्धमा हुनेछ। तिनीहरू मेरा मानिसहरूको सभामा सहभागी हुनेछैनन्, न त इस्राएलको घरानाको नामावलीमा लेखिनेछन्, न त तिनीहरू इस्राएल देशमा प्रवेश गर्नेछन्। तब तिमीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “म ती अगमवक्ताहरूलाई दण्ड दिनेछु जसले असत्य दर्शन देखे अनि झूटा बोले। म तिनीहरूलाई आफ्नो मानिसदेखि अलग पार्नेछु। तिनीहरूको नाम इस्राएलको परिवारको सूचिमा रहनेछैन्। तिनीहरू फेरि इस्राएल प्रदेशमा कहिल्यै जाने छैनन्। त्यसपछि तिमीले जान्ने छौ कि म परमप्रभु अनि मालिक हुँ।