Ezekiel 14:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले मलाई नछोडून् र पापले आफैंलाई अशुद्ध नपारून् भनी म त्‍यसो गर्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु।” सार्वभौम परमप्रभु यसरी बोल्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलका मानिसहरू मदेखि फेरि कहिल्‍यै बरालिनेछैनन्‌ र तिनीहरूले आफ्‍ना सबै पापहरूले फेरि कहिल्‍यै आफैलाई अपवित्र पार्नेछैनन्‌। तिनीहरू मेरा प्रजा हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलका मानिसहरू मदेखि फेरि कहिल्यै बरालिएर जानेछैनन्, न त तिनीहरूले आफैँलाई आफ्ना पापहरूद्वारा फेरि कहिल्यै अशुद्ध पार्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
किनकि यसप्रकारले त्यो अगमवक्ताले मेरो मानिसहरूलाई मदेखि टाढो लिएर जान बन्द गरिदिन्छ। यसप्रकारले मेरा मानिसहरूले आफ्नो पापबाट अपवित्र हुनु बन्द गरिदिन्छन्। तब तिनीहरू मेरो विशेष मानिस हुनेछन अनि म तिनीहरूको परमेश्वर बनिन्छु।”‘ परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।