Ezekiel 14:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, यदि कुनै देशले पाप गर्यो र मप्रति अविश्वासयोग्य भयो भने म आफ्नो हात पसारेर त्यसको अन्नको भण्डार नष्ट गरिदिनेछु। म अनिकाल पठाएर मानिसहरू र पशुहरूलाई एकैनासले मार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मानिसको छोरो, यदि कुनै देशले विश्वासघात गरेर मेरो विरुद्धमा पाप गर्छ, र त्यसको विरुद्धमा आफ्नो हात पसारेर त्यसको खाद्य भण्डार म नाश गरिदिउँला, र त्यहाँ अनिकाल ल्याइदिउँला र मानिस र पशु दुवैलाई म नाश गरिदिउँला भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, यदि कुनै देशले अविश्वासी भएर मेरो विरुद्धमा पाप गर्छ भने त्यसको विरुद्धमा म आफ्नो हात पसारेर त्यसको खानेकुराको भण्डार बन्द गरिदिनेछु। म त्यसमाथि अनिकाल पठाएर मानिसहरू र पशुहरूलाई मार्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! म आफ्नो त्यो राष्ट्रलाई दण्ड दिन्छु जसले मलाई छोड्छ अनि मेरो विरूद्ध पापहरू गर्छ। म तिनीहरूको भोजनको आपूर्ति बन्द गरिदिन्छु। म अनिकाल उत्पन्न गरिदिन सक्छु अनि त्यस देशबाट मानिस अनि पशुहरू बाहिर गरिदिन सक्छु।