Ezekiel 14:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अथवा, मानिसहरूलाई मार्न म जङ्गली पशुहरू पठाउनेछु र देशभरि त्रास फैलनेछ। त्‍यसकारण त्‍यहाँ कोही पनि यात्रा गर्न सक्‍दैनन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अथवा यदि मैले त्‍यस देशमा जङ्गली जनावरहरू पठाइदिएँ, र तिनीहरूले त्‍यसलाई निर्वंश तुल्‍याइदिए र त्‍यो देश उजाड़ भयो, र ती पशुहरूले गर्दा कुनै पनि मानिस त्‍यताबाट जान सकेन भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अथवा यदि मैले त्यस देशमा जङ्गली पशुहरू हिँड्न लगाएँ भने, र तिनीहरूलाई सन्तानविहीन पारिदिएँ; अनि त्यो देश उजाड बनाइदिएँ भने ती जङ्गली पशुहरूको कारण त्यो ठाउँबाट कोही पनि नहिँडून्;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “अथवा म त्यो पुरै देशमा जंगली जनावरहरू पठाइदिन्छु अनि ती जनावरहरूले सबै मानिसहरूलाई मार्न सक्छन। जंगली जनावरहरूको कारणले त्यस देश भएर कसैले पनि यात्रा गर्नसक्तैनन्।