Ezekiel 14:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभु जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु, यदि त्यहाँ ती तीनै जना मानिसहरू भए पनि तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्, आफ्ना प्राण मात्र बचाउन सक्नेथिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यी तीन जना मानिस त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्। तिनीहरू आफै मात्र बाँच्नेथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले पनि आफ्नै छोराछोरीहरू छुटाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए।
Nepali ERV (पवित्र बाइबल)
यदि नूह, दानियल अनि अय्यूब त्यहाँ बस्थे भने ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथें। ती तीन जनाले आफ्नो जीवन स्वंय बचाउँन सक्छन्। म मेरो जीवनको शपथ खाएर भन्छु कि अरू मानिसहरूको जीवन तिनीहरूले बचाउँन सक्तैंनन् यहाँ सम्म कि आफ्नो छोरा-छोरीको जीवन पनि बचाउँन सक्ने थिएन। त्यो देश सम्पूर्ण रूपमा नष्ट गरिइनेछ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।