Ezekiel 14:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभु जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु, त्यहाँ नोआ, दानिएल र अय्यूब बास गरिरहेका भए पनि तिनीहरूले आफ्नै सन्तानलाई पनि बचाउन सक्नेथिएनन्। तिनीहरूका भलाइले आफ्नै प्राणमात्र बचाउन सक्थ्यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि नोआ, दानिएल र अय्यूब त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्। तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्नेथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि त्यस देशमा नोआ, दानिएल र इयोब नै भए तापनि तिनीहरूले न त छोरा, न त छोरीलाई बचाउन सक्नेथिए। तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउनेथिए।
Nepali ERV (पवित्र बाइबल)
यदि नूह, दानियेल अनि अय्यूब त्यहाँ बस्थे भने पनि म ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथें किनकि ती तीनैजना राम्रा मानिसहरू हुन्। ती तीनैजना आफ्नो जीवन स्वंय बचाउन सक्छन्। तर म आफ्नो जीवनको शपथ खाएर भन्छु अरू मानिसहरूको जीवन तिनीहरूले बचाउँन सक्तैंनन्, यहाँ सम्म ताकि आफ्ना छोरा-छोरीको जीवन पनि बचाउँनु सक्तैनन।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।