Ezekiel 14:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु यसो भन्दै हुनुहुन्छ, “म यरूशलेममाथि चार वटा सबैभन्दा कठोर दण्डहरू, जस्तै: लडाइँ, अनिकाल, जङ्गली जनावर र रुढीहरू पठाउनेछु अनि मानिसहरू र पशुहरूलाई एकैनासले सखाप पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले यरूशलेममा मेरा चार भयानक दण्डहरू— तरवार, अनिकाल, जङ्गली जनावरहरू र रूढ़ी त्यहाँका मानिसहरू र पशुहरूलाई मार्न पठाएँ भने, झन् कस्तो खराब हुन्छ होला!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: मैले यरूशलेमको विरुद्धमा मेरा चार वटा डरलाग्दा दण्डहरू—तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मार्नलाई पठाउँदा झन् कति खराब होला!
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभु मेरो मालिकले भन्नुभयो, “यसैकारण सोच यरूशलेमका निम्ति यो कति नराम्रो हुन्छ, म त्यस शहरको विरूद्ध यी चारैवटा दण्ड पठाइदिन्छु! म शत्रुका सेना, अनिकाल, महामारी, अनि जङ्गली जनावरहरू त्यस शहरको विरूद्ध पठाउँछु। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।