Ezekiel 14:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब तिनीहरूसित कुरा गर्‌ र म सार्वभौम परमप्रभुले तिनीहरूलाई के भन्‍दछु, त्‍यो सुनाइदे। आफ्‍नो हृदय मूर्तिहरूलाई दिने र तीबाट पापमा फस्‍ने र त्‍यसपछि अगमवक्तासित सोधपुछ गर्न आउने हरेक इस्राएलीले मबाट जवाफ पाउनेछ। त्‍यो जवाफचाहिँ मूर्तिपूजा गरेअनुसार हुनेछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनीहरूसित कुरा गरेर तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जब इस्राएलका घरानाको कुनै पनि मानिसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍दछ, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍तछ, र पनि अगमवक्ताकहाँ जान्‍छ, तब त्‍यसको मूर्तिपूजाअनुसार म परमप्रभु आफै त्‍यसलाई जवाफ दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूसँग कुरा गर् र तिनीहरूलाई भनिदे, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब कुनै इस्राएलीले आफ्नो हृदयमा मूर्तिहरू बसाल्छ, र तिनीहरूका अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा राख्छ र अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूको ठूलो मूर्तिपूजाको निम्ति तिनीहरूलाई जवाफ दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तर म तिनीहरूलाई उत्तर दिन्छु। तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ यदि कोही इस्राएलीहरू अगमवक्ताकहाँ जान्छ अनि मदेखि सल्लाह माग्छ भने यदि त्यो मानिसले उसका मूर्तिहरू राखेकोछ भने त्यो मानिसको प्रश्नको उत्तर म आफै दिनेछु। यदि उसले ती चीजहरू जसले तिनीहरूलाई पाप कर्महरू गराउन उकास्छ अनि यदि उसले मूर्तिहरूको पूजा गर्छ भने म उसित कुरा गर्नेछु।