Ezekiel 14:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जहिले-जहिले कुनै एउटा इस्राएली वा इस्राएलीहरूका बीचमा बास गर्ने एउटा परदेशीले मबाट तर्केर मूर्तिपूजा गर्छ र त्‍यसपछि सोध-पुछ गर्न कुनै अगमवक्ताकहाँ जान्‍छ, म परमप्रभुले नै त्‍यसलाई जवाफ दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘जब इस्राएलका घरानाको कोही पनि अथवा इस्राएलमा प्रवास गर्ने कुनै पनि प्रवासी मबाट अलग्‍गै गएर आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍छ र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍तछ, र पनि मबाट जवाफ सोध्‍नलाई कुनै अगमवक्ताकहाँ जान्‍छ, तब म परमप्रभु आफै त्‍यसलाई जवाफ दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘जब कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने कुनै पनि विदेशीले आफूलाई मदेखि अलग गरेर आफ्नो हृदयमा मूर्ति बसाल्छ, र तिनीहरूको अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामु राख्छ; अनि त्यसपछि मसँग सोधखोज गर्न अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूलाई जवाफ दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै इस्राएलीहरू अथवा इस्राएलमा बस्ने विदेशीहरू सल्लाहमा निम्ति मकहाँ आए म उसलाई उत्तर दिनेछु। यदि उसले घिनलाग्दो मूर्तिहरू राखे ता पनि म उसलाई उत्तर दिन्छु। यदि उसले ती चीजहरू राख्छ जसले उसलाई पाप गराउँछ। यदि उसले तब सम्म ती मूर्तिहरूको पूजा गर्छ। म उसलाई यस्तो उत्तर दिन्छु।