Ezekiel 14:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यसको विरोध गर्नेछु र त्यसलाई एउटा नमुना बनाउनेछु। म त्यसलाई मेरा प्रजाका बीचबाट हटाउनेछु र परमप्रभु म नै हुँ भनी तिमीहरू जान्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्यस मानिसदेखि मुख फर्काउनेछु, र म त्यसलाई एउटा नमूना र गिल्लाको पात्र तुल्याउनेछु। त्यसलाई मेरो प्रजाको बीचदेखि बहिष्कार गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो मुख त्यसको विरुद्धमा फर्काउनेछु; अनि त्यसलाई एउटा नमुना र गिल्लाको पात्र तुल्याउनेछु। म त्यसलाई मेरा प्रजाबाट अलग गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
म त्यस मानिसको विरोधी हुनेछु। उसलाई नष्ट गरिदिन्छु। त्यो अरू मानिसहरूको निम्ति उदाहरण बनिनेछ। मानिसहरूले उसको हाँसो उडाउँनेछन्। म तिनीहरूलाई आफ्नो मानिसहरूबाट बाहिर निकल्नेछु। त्यसपछि तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।