Ezekiel 15:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो त आगो बाल्‍न मात्र हुन्‍छ। जब त्‍यसको टुप्‍पो र फेद जल्‍छ अनि बीचको भाग अँगार बन्‍दछ भने, के त्‍यो काम लाग्‍न सक्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यो त दाउराको लागि आगोमा हालेपछि, र त्‍यसका दुई छेउ आगोले भस्‍म भएर र त्‍यसको बीचको भाग कोइला भएपछि, के त्‍यो कुनै कामको हुन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसलाई दाउराको रूपमा आगोभित्र फ्याँकेपछि त्यसका दुवैतिर टुप्पो र फेद आगोले जलेर बीचको भागसमेत कोइला बन्छ भने के त्यो कुनै कामको निम्ति उपयोगी हुन्छ?
Nepali ERV (पवित्र बाइबल)
यो आगो बाल्नु मात्र प्रयोग गरिन्छ। सुकेको दाउरा छेउबाट बल्छ? बल्दैन, बीचको भाग आगोले जलेर कालो हुन्छ, तर दाउरा पूर्ण रूपमा जल्दैन्। के तिमी त्यो जलेको दाउराबाट कुनै चीज बनाउँन सक्छौ?