Ezekiel 15:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब सार्वभौम परमप्रभु यसो भन्दै हुनुहुन्छ, “जसरी दाखको बोट जङ्गलबाट लगेर जलाइन्‍छ, त्‍यसरी यरूशलेमका बासिन्‍दाहरूलाई लिएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, जसरी वनका रूखहरूमध्‍ये दाखका बोटको काम मैले आगोको लागि दाउरा हुनलाई दिएँ, त्‍यसै गरी म यरूशलेमका मानिसहरूसित पनि व्‍यवहार गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जङ्गलका रूखहरूको बीचमा मैले दाखको हाँगालाई आगोको निम्ति दाउरा हुनलाई दिएको छु, त्यसरी नै म यरूशलेममा बसोबास गर्ने मानिसहरूसँग पनि त्यसै गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरूशलेमका मानिसहरूलाई आगोमा फ्याँक्छु!” परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो।