Ezekiel 15:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूलाई दण्‍ड दिनेछु। एकपल्‍ट आगोबाट त तिनीहरू बाँचे तर अबको आगोले तिनीहरूलाई भस्‍म पार्नेछ। मैले तिनीहरूलाई दण्‍ड दिंदा तिमीहरूले जान्‍नेछौ कि परमप्रभु म नै हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो अनुहार तिनीहरूका विरुद्धमा उतातिर फर्काउनेछु। तिनीहरू आगोबाट उम्‍के तापनि तिनीहरूलाई आगोले नै भस्‍म गर्नेछ। जब म मेरो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो अनुहार तिनीहरूको विरुद्धमा फर्काउनेछु। तिनीहरू आगोबाट बाहिर निस्केर आए तापनि आगोले तिनीहरूलाई भस्म गर्नेछ। अनि जब मैले मेरो मुख तिनीहरूको विरुद्धमा फर्काउँछु, तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
“म तिनीहरूलाई दण्ड दिनेछु, अनि तिनीहरू आगोबाट उम्के तापनि त्यसले तिनीहरूलाई अझै जलाउनेछ। अनि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। मैले तिनीहरूलाई दण्ड दिएँ भनेर जान्नेछन्।