Ezekiel 16:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तँ सुन र चाँदीका गर-गहना, सधैँ मिहिन बुट्टादार सुती र रेशमका वस्‍त्र पहिरन्‍थिस्। तैँले सबैभन्दा असल पिठोको रोटी खान्‍थिस्, मह र जैतुनको तेल खान पाउँथिस्। तँ अत्‍यन्‍तै सुन्‍दरी थिइस् र रानी भइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तँ सुन र चाँदीले आभूषित भइस्, अनि तेरा वस्‍त्र मलमलको कपड़ा, र दामी बुट्टादार कपड़ाका भए। तेरो खानेकुरो मसिनो पीठो, मह र भद्राक्षको तेल थिए। तँ अत्‍यन्‍तै सुन्‍दरी भएर बढ़िस्, र रानी हुने योग्‍यकी तँ भइस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तँ सुन र चाँदीले सिँगारिइस्; तेरा वस्त्रहरू मिहिन सुती, बहुमूल्य र बुट्टेदार कपडाका थिए र तेरो भोजन एकदमै राम्रो मसिनो पिठो, मह र जैतुन तेल थियो। तँ असाध्यै सुन्दरी थिइस् र रानी हुन लायकको भइस्।
Nepali ERV (पवित्र बाइबल)
तिमी सुन, चाँदीको गर-गहना अनि रेशमको लुगामा बुट्टा गरेको लगाउँदा सुन्दर देखियौ। तिमीले राम्रो खाना खायौ। तिमी अत्याधिक सुन्दरी थियौ अनि तिमी रानी बनियौ