Ezekiel 16:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तँलाई भोजन दिएँ, सबैभन्दा असल पिठो, जैतुनको तेल र मह दिएँ। तर तैँले निगाह पाउन ती मूर्तिहरूलाई चढाइस्,” सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तँलाई खानेकुरा पनि जुटाइदिएँ— मसिनो पीठो, मह र भद्राक्षको तेल तँलाई खानलाई दिएँ, तर तैंले ती तिनीहरूका अगि सुगन्‍धित बास्‍ना हुनलाई चढ़ाइस्‌। त्‍यसै नै भयो, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले तँलाई प्रबन्ध गरिदिएका भोजनहरू—मैले तँलाई खान भनेर जुटाइदिएको मसिनो पिठो, जैतुनको तेल र मह—तैँले ती मूर्तिहरूको अगाडि सुगन्धित धूपको रूपमा चढाइस्। प्रभु याहवेह भन्‍नुहुन्छ, त्यस्तै नै भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीलाई रोटी, मह अनि भद्राक्षको तेल दिएँ। तर तिमीले त्यो खाना आफ्नो मूर्तिलाई दियौ। तिमीले ती आफ्नो असत्य देवताहरूलाई प्रसन्न पार्नका निम्ति सुगन्धको रूपमा भेटी चढायौ। तिमीले ती झूटा देवताहरूसँग वेश्या जस्तो व्यवहार गर्यौं।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।