Ezekiel 16:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले वेश्‍याको घिनलाग्‍दो जीवन बिताएको समयभरि तँ नाङ्गै हुँदा आफ्‍नै रगतमा लडीबडी गरेको तेरो बाल्‍यकालको दिन एकपल्‍ट पनि सम्‍झिनस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा यी सबै घृणित काम र वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झिनस्‌— तब तँ नाङ्गो, वस्‍त्रहीन र आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा सबै घिनलाग्दा कामहरूमा र तेरा वेश्यावृत्तिमा तैँले आफ्नो युवावस्थाका दिनहरू सम्झिनस्; जब तँ नाङ्गो र वस्त्रविहीन थिइस्, आफ्नो रगतमा तँ लतपतिएकी थिइस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीले मलाई छोड्यौ अनि त्यो डरलाग्दा काम गर्यौ। तिमीले आफ्नो समयको कहिल्यै पनि याद गरेनौ जब तिमी बाल्यावस्थामा थियौ तिमीले याद गरेनौ, जतिबेला मैले तिमीलाई भेट्टाँए त्यति बेला तिमी नाङ्गै थियौं अनि रगतमा लटपटिरहेको थियौं।