Ezekiel 16:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले आफ्‍नो सुन्‍दरता हिलोमा फालिस्, बाटोमा हिंड्‍ने प्रत्‍येक पुरुषलाई तेरो शरीर सुम्‍पिस् र आफ्‍नो वेश्‍यावृत्ति बढाउँदै लगिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक गल्‍लीको मोड़मा तैंले आफ्‍ना देवता-थानहरू निर्माण गरिस्, र त्‍यहाँबाट जाने कसैलाई पनि आफ्‍नो शरीर सुम्‍पँदै तैंले आफ्‍नो वेश्‍यावृत्ति बढ़ाइस्‌ र तेरो सौन्‍दर्यलाई भ्रष्‍ट पारिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक सडकको कुनामा तैँले देवस्थान बनाइस् र त्यहाँबाट भएर जाने हरेकलाई आफ्नो पाउ फैलाएर वेश्यावृत्तिको निम्ति तेरो शरीर सुम्पिइस्, र आफ्नो सुन्दरतालाई अपमानित गरिस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीले प्रत्येक दोबाटोमा आफ्नो उच्च स्थान बनायौ। तिमीले आफ्नो सुन्दरतालाई तुच्छ देखायौ। तिमीले प्रत्येक बाटो भएर हिँड्ने मानिसहरूलाई फँसाउनका निम्ति यसो गर्यौं। तिमीले आफ्नो खुट्टा देखियोस् भनी फरियामाथि उठायौ अनि त्यसपछि तिमीले ती मानिसहरूसँग वेश्याहरूले झैं व्यवहार गर्न थाल्यौ।