Ezekiel 16:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटी वेश्‍याले ज्‍याला लिन्‍छे, तैँले त तेरा प्रेमीहरूलाई कोसेली दिन्‍थिस् र जहाँतहींबाट तिनीहरू तँसित सुत्‍न आऊन् भनेर घुस पनि दिन्‍थिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले त सबै वेश्‍याहरूलाई ज्‍याला दिन्‍छन्, तर तैंले चाहिँ उल्‍टो आफ्‍ना सबै नाठाहरूलाई पो उपहार दिन्‍छेस्‌। तिनीहरू चारैतिरबाट आएर तँसित व्‍यभिचार गर्नलाई घूस पो दिन्‍छेस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै वेश्याहरूले ज्याला लिन्छन्, तर तैँले त आफ्ना सबै प्रेमीहरूलाई उपहार दिन्छेस्, र चारैतिरबाट तँसँग वेश्यावृत्ति गर्न आऊन् भनेर घूस पनि दिन्छेस्।
Nepali ERV (पवित्र बाइबल)
प्राय वेश्याहरू शारीरिक सम्बंधको लागि मानिसलाई ज्याला तिर्नु बाध्य गर्दछन्। तर तिमीले आफ्नो प्रेमीहरू लोभाउन स्वंय भेटी दिन्छौ, अनि तिनीहरूलाई शारीरिक सम्बंधको निम्ति आमन्त्रित गर्छौ। तिमीले आफ्नो चारैतिर सबैलाई आफूसँग शारीरिक सम्बंधको लागि आमन्त्रित गर्यौ।