Ezekiel 16:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ भिन्‍नै प्रकारकी वेश्‍या थिइस्। तँलाई कसैले वेश्‍यावृत्ति गर्न कर लगाएन तर तैँले त ज्‍याला लिंदै लिइनस्, उल्‍टै तैँले पो पैसा दिन्‍थिस्। हो, तँ भिन्‍दै थिइस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले आफ्‍नो वेश्‍यावृत्तिमा अरू स्‍त्रीहरूभन्‍दा तँचाहिँ भिन्‍दै भइस्‌। तेरो निगाहको लागि कोही तेरो पछि लाग्‍दैन। तँ त एकदमै उल्‍टो पो भइस्, किनकि तँ ज्‍याला दिन्‍छेस्, तर कसैले तँलाई ज्‍याला दिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तेरो वेश्यावृत्तिमा तँ अरूहरूभन्दा फरक छेस्; तँसँग वेश्यावृत्ति गर्नलाई तेरो पछि कोही पनि दगुर्दैनन्। तँ साँच्‍चै उल्टो छेस्; किनकि तँसँग वेश्यावृत्ति गर्नलाई अरूलाई ज्याला दिन्छेस्, तर कसैले तँलाई ज्याला दिँदैन।
Nepali ERV (पवित्र बाइबल)
तिमी प्राय सबै वेश्याहरूको ठीक विपरीत छौ। प्राय वेश्याहरू पुरूषहरूलाई ज्याला तिर्नको लागि बाध्य गर्छन्। तर तिमीले पुरूषहरूलाई आफुसँग शारीरिक सम्बन्धको ज्याला तिर्ने गर्छौ।”