Ezekiel 16:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु भन्‍दै हुनुहुन्‍छ, “तँ आफ्‍नो लुगा फुकालेर नाङ्गै भइस् र वेश्‍याले झैँ तेरा सबै प्रेमीहरू र घिनलाग्‍दा मूर्तिहरूलाई आफ्‍नो शरीर सुम्‍पिस् र आफ्‍ना छोरा-छोरीहरू मूर्तिहरूलाई बलि चढाएर मारिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तैंले तेरो धन-सम्‍पत्ति खर्च गरेर आफ्‍ना प्रेमीहरूसित लाज र नग्‍नता खुला पारेको कारण, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरूको कारण, र तैंले तिनीहरूलाई तेरा छोराछोरीहरूको रगत चढ़ाएको कारण,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तैँले आफ्ना प्रेमीहरूसितको वेश्यावृत्तिमा आफ्नो धनसम्पत्ति खन्याएकी र आफ्नो नग्नता देखाएकी कारणले र तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण, र तैँले आफ्ना छोराछोरीहरूका रगत ती मूर्तिहरूलाई चढाएको कारण,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिकले यो कुरा भन्नुहुन्छ “तिमीले तिम्रो पैसा खर्च गरायौ अनि आफ्नो प्रेमीहरू तथा झूटा देवताहरूलाई आफ्नो नाङ्गो शरीर हेर्न दियौं तथा तिमीसित शारीरिक सम्बन्ध गर्नदियौ। तिमीहरूले तिनीहरूको नानीहरू मार्यौ अनि तिनीहरूको रगत बगायौ। त्यो ती झूटा देवताहरूलाई तिम्रो भेटी थियो।