Ezekiel 16:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँलाई तिनीहरूका हातमा दिनेछु, तिनीहरूले तेरा वेश्‍यावृत्ति र मूर्तिपूजा गर्ने स्‍थानहरू भत्‍काइदिनेछन्। तिनीहरूले तेरा वस्‍त्र र गरगहना लैजानेछन् र तँलाई नाङ्गै छोडिराख्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म तँलाई तेरा प्रेमीहरूका हातमा सुम्‍पिदिनेछु, र तिनीहरूले तेरा ढिस्‍काहरू भत्‍काउनेछन्‌ र तेरा अल्‍गा देवता-थानहरू सर्वनाश पारिदिनेछन्‌। तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌। तिनीहरूले तेरा सुन्‍दर-सुन्‍दर गरगहनाहरू लैजानेछन्, र तँलाई नाङ्गो पारेर छोड़िदिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म तँलाई तेरा प्रेमीहरूकहाँ सुम्पिदिनेछु, र तिनीहरूले तेरा अग्ला स्थानहरू भत्काइदिनेछन्; अनि तेरा देवस्थानहरू नाश गरिदिनेछन्। तिनीहरूले तेरा वस्त्रहरू उतारिदिनेछन्, र तेरा सुन्दर गरगहनाहरू लगेर तँलाई नाङ्गै छोडिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई ती सबै प्रेमीहरूलाई प्राप्त गर्न दिन्छु। तिनीहरूले तिम्रो सबै उच्च स्थानहरू नष्ट पारिदिनेछन्। तिनीहरूले तिम्रो पूजा स्थानहरू जलाई दिनेछन्। तिनीहरूले तिम्रो लुगाहरू च्याति दिनेछन् तथा तिम्रो सुन्दर गर-गहनाहरू लिनेछन्। तिनीहरूले तिमीलाई वस्त्रहीन अनि नाङ्गै छोडिदिनेछन् जस्तो तिमीलाई मैले भेट्टाएको बेलामा थियौ।