Ezekiel 16:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ जवान छँदा मैले तँसित गरेको व्यवहार भुलिस् र तेरा सबै कामहरूले मलाई रिस उठाइस्। त्यसैकारण मैले तँलाई ती सबैको दाम चुकाउन लाएको हुँ। तैँले गरेका ती सबै घिनलाग्दा कामहरूमाथि अझ किन तैँले वेश्यावृत्ति गर्नुपर्यो?” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तैंले आफ्नो युवावस्थाका दिनलाई सम्झिनस्, तर यी सबै कामहरूद्वारा मलाई रीस उठाइस्, यसैकारण म तेरा कामहरूको प्रतिफल तेरै शिरमा खन्याइदिनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। के तेरा सबै अरू घिनलाग्दा व्यवहारहरूबाहेक तैंले आफ्नो चरित्र भ्रष्ट पारेर तेरो काम थपिनस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तैँले तेरा जवानीका दिनहरू सम्झना गरिनस्, तर यी सबै कुराहरूले मलाई रिस उठाएको कारण तैँले जे गरेकी छेस्, त्यो निश्चय नै तेरो शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। के तैँले आफ्ना अरू सबै घिनलाग्दा कामहरूमाथि कामुकता थपेकी छैनस्?
Nepali ERV (पवित्र बाइबल)
यी सबै कुराहरू किन हुन्छन्? किनकि तिमीले त्यो याद राखेनौ कि तिमीमाथि जवानी हुँदा के गर्यौ। तिमीले त्यो सबै नराम्रो पापहरू गर्यौ अनि मलाई क्रोधित बनायौ। यसकारण ती नराम्रो कामको निम्ति मैले तिमीलाई दण्ड दिनु पर्यो। तर तिमीले अझै ज्यादा डरलाग्दो योजनाहरू बनायौ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।