Ezekiel 16:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै, तँ तेरै आमाकी छोरी होस्। त्यसले आफ्ना लोग्ने र छोरा-छोरीहरूलाई मन पराउँदैनथी। तँ तेरा दिदी-बहिनीहरूजस्ती छेस्, तिनीहरूले आफ्ना लोग्ने र छोरा-छोरीलाई घृणा गर्थे। तिमीहरूकी आमा एउटी हित्ती स्त्री थिई र बुबा एमोरी थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ आफ्नी आमाकी साँचो छोरी होस्, जसले आफ्नै पति र छोराछोरीहरूलाई घृणा गरिस्। अनि तँ तेरा दिदीहरूकी बहिनी पनि होस्, जसले आ-आफ्ना पतिहरू र छोराछोरीहरूलाई घृणा गरे। तेरी आमा एउटी हित्तीनी थिई, र तेरा बुबा एक जना एमोरी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ तेरी आमाजस्तै छेस्, जसले आफ्नो पति र आफ्ना छोराछोरीहरूलाई घृणा गर्थी; अनि तँ साँच्चै आफ्ना दिदीबहिनीहरू जस्ती छेस्; जसले आफ्ना पतिहरू र छोराछोरीहरूलाई घृणा गर्थे। तेरी आमा एउटी हित्ती स्त्री थिई र तेरो बुबा एक एमोरी थियो।
Nepali ERV (पवित्र बाइबल)
तिमी आफ्नो आमाको छोरी हौ। तिमीले आफ्नो पति र नानीहरूलाई ध्यान दिँदैनौ। तिमी ठीक आफ्नो बहिनी बराबर छौ। तिमी दुवै जनाले आफ्नो पति र नानीहरूलाई घृणा गर्छौ। तिमीहरू ठीक आफ्नो आमा-बाबु जस्तो छौ। तिम्रो आमा हित्ती अनि बाबु एमोरी थिए।