Ezekiel 16:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभु जीवित परमेश्‍वर हुँ भन्‍ने स्‍वयम् साक्षी राखी भन्‍दछु, “तैँले र तेरा गाउँ-बस्‍तीले गरेजस्‍तो दुष्‍ट कामहरू तेरी बहिनी सदोम र त्‍यसका गाउँ-बस्‍तीहरूले पनि कहिल्‍यै गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तैंले र तेरा छोरीहरूले गरेझैँ त तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले कहिल्‍यै गरेका छैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तेरी बहिनी सदोम र त्यसका छोरीहरूले तैँले र तेरा छोरीहरूले गरेजस्तो कहिल्यै गरेका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभु अनि मालिक हुँ। म सदा जीवित छु अनि आफ्नो जीवनको शपथ खाएर भन्छु कि तिम्रो बहिनी सदोम अनि उसको छोरीहरूले कहिल्यै पनि त्यति नराम्रो काम गरेनन् जति तिम्रो छोरीहरूले गरे।”