Ezekiel 16:49 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो र त्‍यसका छोरीहरू प्रशस्‍त खानेकुरो भएकोले घमण्‍डी थिए र तिनीहरू शान्‍तिसित चुपचाप जीवन बिताउँथे तर तिनीहरूले गरीब, दु:खी र आफ्‍ना हक हराएकाहरूको वास्‍ता गर्दैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘अब तेरी बहिनी सदोमको पापचाहिँ यही थियो: त्‍यो र त्‍यसका छोरीहरू हठी थिए, पेटभरि खान्‍थे र लापरवाहीमा बस्‍थे। तिनीहरूले दरिद्रहरूलाई सहायता गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘अब तेरी बहिनी सदोमको पाप यस्तो थियो: त्यो र त्यसका छोरीहरू अहङ्कारी थिए; अनि पेटभरि खान्थे र लापर्बाही जिउँथे। तिनीहरूले गरिब र खाँचोमा परेकाहरूलाई वास्ता गर्दैनथिए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “तिम्रो बहिनी सदोम अनि उसको छोरीहरू घमण्डी थिए। तिनीहरूसित आवश्यकता भन्दा ज्यादा खाने कुरा थियो अनि तिनीहरूसित समय पनि ज्यादा थियो। तिनीहरूले दीन अनि असहाय मानिसहरूलाई सहायता गर्दैनथिए।