Ezekiel 16:51 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तैँले जति पाप गरिस्, त्‍यसको आधा पनि सामरियाले गरिन। तैँले त्‍यसले गरेको भन्दा धेरै घिनलाग्‍दो काम गरिस्। तेरा भ्रष्‍ट चालचलनसित तुलना गर्दा तेरा दिदी-बहिनीहरू निर्दोष देखिन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामरियाले त तैंले गरेको पापभन्‍दा आधा पनि गरिन। तिनीहरूले भन्‍दा तैंले ज्‍यादै घिनलाग्‍दा काम गरेकी छस्, र तैंले गरेका यी सबै कामहरूद्वारा तैंले तेरा दिदी-बहिनीहरूलाई धर्मी देखिने तुल्‍याएकी छस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सामरियाले तैँले गरेका पापहरूको आधाजति पनि गरेन। तैँले तिनीहरूले भन्दा बढी घृणित कामहरू गरिस्, र तैँले गरेका यी सबै घिनलाग्दा कामहरूद्वारा तेरा आफ्ना दिदीबहिनीहरूलाई धर्मी देखिने बनाइस्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “सामरियाले तिमीले गरेको पाप भन्दा आधा मात्र पाप गर्यो। सामरियाले भन्दा अधिक डरलाग्दा पाप तिमीले गर्यौ! आफ्नो बहिनीहरूले भन्दा अधिक डरलाग्दा पाप गर्यौ! सदोम अनि सामरियाको तुलना गर्दा तिनीहरूलाई तिमी भन्दा राम्रो लाग्छ।