Ezekiel 16:53 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यरूशलेमलाई भन्‍नुभयो, “सदोम र सामरिया अनि तिनीहरूका गाउँ-बस्‍तीहरूको म फेरि फलिफाप गराउनेछु। म तेरो पनि फलिफाप गराउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तापनि म सदोम र त्‍यसका छोराछोरीहरूको सुख-शान्‍ति फर्काइदिनेछु, र तिनीहरूको साथै तेरो सुख-शान्‍ति पनि फर्काइदिनेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तापनि म सदोम र त्यसका छोरीहरू, सामरिया र त्यसका छोरीहरूको सुख-शान्ति फर्काइदिनेछु; अनि तिनीहरूसित तेरो सुदिन समेत फर्काइदिनेछु,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “मैले सदोम अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारिदिएँ। मैले सामरिया अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारें। यरूशलेम म तिमीलाई नष्ट पार्नेछु। तर म ती शहरहरू फेरि बनाउँनेछु। यरूशलेम म तिमीलाई फेरि बनाउँनेछु।