Ezekiel 16:61 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले आफ्ना कामहरू सम्झनेछे र तिनका कारणले तेरा दिदी-बहिनीहरू तँकहाँ फर्किआउँदा तँ लजाउनेछे। तेरा दिदी-बहिनीलाई म तेरा छोरीहरूजस्ता बन्न दिनेछु, हुन त मैले तँसित बाँधेको करार यस्तो कुरा त थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तैंले आफ्ना चालहरू सम्झनेछस् र लज्जित भएर तेरा दिदी-बहिनीहरू दुवैलाई ग्रहण गर्नेछस्। म तेरा छोराछोरीहरूलाई जस्तै म तिनीहरू तँलाई दिनेछु, तर तँसित बाँधेको करारको कारणले त होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तैँले तेरा आफ्ना दिदीबहिनीहरू, तँभन्दा ठूली दिदी र तँभन्दा सानी बहिनीहरूलाई स्वीकार गर्नेछेस्; अनि तैँले आफ्ना चालहरू विचार गर्नेछेस्, र तँ लज्जित हुनेछस्। अनि म तिनीहरूलाई तेरा छोरीहरूको रूपमा तँलाई दिनेछु, तर तँसँगको मेरो करारको कारणले होइन।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रो बहिनीहरू तिमी भएकहाँ ल्याउँनेछु अनि म तिनीहरूलाई तिम्रो छोरीहरू बनाउँनेछु। यो हाम्रो करारमा थिएन, तर म यो तिम्रा निम्ति गर्नेछु। त्यति बेला तिमी ती डरलाग्दा पापहरू याद गर्नेछौ, जुन तिमीले गर्यौ अनि तिमी लज्जित हुनेछौ।